स्थानीय तह निर्वाचन : सबै मतगणना स्थलमा सिसिटिभी जडान हुने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

स्थानीय तह निर्वाचन : सबै मतगणना स्थलमा सिसिटिभी जडान हुने


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा सबै मतगणना स्थलमा सिसिटिभी जडान हुने भएको छ ।

निर्वाचन आयोगले आज (बिहीबार) आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सिसिटिभीको व्यवस्था गराइने जानकारी दिएको हो ।

सिसिटिभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्नेछ ।

यस्तै, निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले प्रेसको अनुगमन गरेको समेत जनाएको छ ।

छपाई आजैबाट सुरु हुने छ । मतपत्र छपाई स्थलमा कर्नेलको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस