स्थानीय तहको चुनावमा एक्लैले २ सय पालिकामा जित्ने पुनको दाबी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्थानीय तहको चुनावमा एक्लैले २ सय पालिकामा जित्ने पुनको दाबी


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनमा आफूहरूले २०० पालिका प्रमुखमा जित हासिल गर्ने बताएका छन् ।

बिहीबार (आज) काठमाडौँमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा वामपन्थी दलहरूमध्ये आफूहरू पहिलो हुने दाबी गरेका हुन् ।

उनले भने, ‘गठबन्धन भएमा एमालेले १६० पालिका जित्ने उहाँहरूकै अध्ययन रिपोर्ट छ । बाहिर ७० प्रतिशत जित्छौ भनेर हल्ला गरिरहनुभएको छ । एक्लै पनि हामी २०० पालिका जित्छौँ । वाम पार्टीमा हामी पहिलो हुन्छौँ ।’

स्थानीय तह निर्वाचनमा २०७४ सालमा भन्दा अहिले माओवादी केन्द्रको अवस्था सुधार भएको नेता पुनको दाबी छ । पुनले भने, ‘हामी आफ्नै शक्तिमा भर पर्छौँ, हामीले सबै वडाको विश्लेषण गरेका छौँ । खाली गठबन्धन गरेर जित्नेमा मात्रै भर परेका छैनौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस