राजेन्द्र लिङ्देन कमल थापाको जिल्ला जाँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राजेन्द्र लिङ्देन कमल थापाको जिल्ला जाँदै


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । राप्रपा मकवानपुर जिल्ला कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन भएका छन् । हेटौँडामा बसेको पार्टीको बैठकले थापालाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हो ।

राजसंस्था र हिन्दु राष्ट्रको पुनः स्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रूपमा विचलित हुने पलायनवादलाई मकवानपुरले साथ दिन नहुने बैठकको निष्कर्ष रहेको प्रवक्ता विशभ अधिकारीले बताए ।

बैठकले २७ चैतमा हेटौँडामा बृहत् आमसभा गर्ने निर्णय समेत गरेको छ । आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

बैठकमा राप्रपाका नेता मधु अधिकारीले ठुला दलको अकर्मण्यताले जनता निराश भएको अवस्थामा राप्रपा प्रति भरोसा र विश्वास जागृत भएको बताउँदै राप्रपा अब वैकल्पिक शक्तिको रूपमा स्थापित हुने दाबी गरे । मकवानपुर राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह जिल्ला हो ।

Tags :
प्रतिक्रिया दिनुहोस