गठबन्धन गरी निर्वाचनमा जानुपर्छ: नेत्री कोइराला « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गठबन्धन गरी निर्वाचनमा जानुपर्छ: नेत्री कोइराला


१६ चैत्र २०७८, बुधबार


मोरङ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताएकी छन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यकता रहेको बताएकी हुन् ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी नेत्री कोइरालाले गठबन्धनका कारण दुई पटक विघटन गरिएको संसद् पुनः स्थापना र नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन भएकाले हामीहरु स्वार्थी हुनुहुँदैन भन्दै पार्टीको केन्द्रीय कार्य समितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुसरण गरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।

नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने बताइन्।

एक प्रश्नको जवाफमा उनले पार्टीको १४ औँ महाअधिवेशनमा डा शेखर कोइरालालाई सभापतिमा हराउन आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारिन् ।

नेत्री कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणा गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस