भरतपुर महानगर प्रमुखमा पुनः माओवादीको दाबी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भरतपुर महानगर प्रमुखमा पुनः माओवादीको दाबी


१६ चैत्र २०७८, बुधबार


चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी स्थानीय तहको निर्वाचनमा आफूहरुको दाबी रहेको बताएका छन्

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने जानकारी दिए ।

उनले भने, ‘महानगर र उपमहानगर पालिकालाई केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलेको छ । बिहीबार बस्ने गठबन्धनको बैठकबाट केही न केही निर्णयमा पुग्छौँ ‘, उनले भने, ‘काँग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेपछि गठबन्धनका बीचमा आवश्यकताअनुसार तालमेल हुने कुरामा प्रस्ट भएको छ ।’

भरतपुर महानगरमा आफूहरुको दाबी रहेको जनाउँदै पूर्व प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र शक्ति सुदृढ गर्ने र आवश्यकताअनुसार तालमेल पनि गर्नेमा अघि बढेको बताए ।

सबै राजनैतिक दलहरु आ–आफ्नो तवरले निर्वाचनको तयारीमा लागेको जनाउँदै उनले निर्वाचन हुने कुरा सुनिश्चित भइसकेको छ भने ।

Tags :
प्रतिक्रिया दिनुहोस