निर्वाचन नजिकिँदै गर्दा प्रचण्डको चितवन दौडधुप, यस्ता छन् कार्यक्रमहरू ! « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

निर्वाचन नजिकिँदै गर्दा प्रचण्डको चितवन दौडधुप, यस्ता छन् कार्यक्रमहरू !


१६ चैत्र २०७८, बुधबार


काठमाडौं । स्थानीय निर्वाचनमा गठबन्धन गर्ने काँग्रेसको निर्णयपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृह जिल्ला चितवन जाँदै छन् ।

चितवनमा उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत् सब स्टेसनको उद्घाटन गर्नेछन् ।

त्यसपछि भरतपुर महानगरपालिकाको रिङ रोडको पश्चिम खण्ड शिलान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्नेछन् । निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डको चितवन दौडधुप बढेको छ ।

चितवन काँग्रेसले निर्वाचनमा गठबन्धनको विरोध गरेको छ । अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा प्रचण्ड नेतृत्वको माओवादीले राजनीतिक बेइमानी गरेको आरोप चितवन काँग्रेसको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस