टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

टिप्परको ठक्करबाट पैदल यात्रीको मृत्यु


१५ चैत्र २०७८, मंगलबार


नेपालगन्ज । बाँकेमा टिप्परको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ ।

कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगन्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरिएको उनले बताए । ठक्कर दिइने टिप्पर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस