लेटाङ घटना: प्रहरी जवानको हत्या अभियोगमा ४९ जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लेटाङ घटना: प्रहरी जवानको हत्या अभियोगमा ४९ जना पक्राउ


१४ चैत्र २०७८, सोमबार


विराटनगर । मोरङको लेटाङ नगरपालिका–५ को शिक्षा विकास माध्यमिक विद्यालय तोडफोड र प्रहरी जवानको हत्या अभियोगमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ ।

गत चैत ६ गते विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई कारवाहीको माग गर्दै विद्यार्थीले सुरु गरेको आन्दोलनले उग्र रूप लिँदा प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या भएको थियो ।

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले ४९ जनालाई पक्राउ गरेको हो । ती मध्ये २० जनामाथि प्रहरी जवान श्रेष्ठको हत्या अभियोगमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । २९ जनालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस