पोखरामा प्रथम न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पोखरामा प्रथम न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु


१४ चैत्र २०७८, सोमबार


पोखरा । न्यायिक समितिको आयोजनामा पोखरामा राष्ट्रिय सम्मेलन सुरु गरेको छ । सम्मेलनमा देशैभरिका २ सयभन्दा बढी समिति संयोजक सहभागी छन् ।

संविधानले स्थानीय तह उपप्रमुख/उपाध्यक्ष न्यायिक समितिको संयोजक हुने व्यवस्था गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी छिन् ।

सम्मेलनमा पोखरा न्यायिक समितिले गरेको न्यायिक सम्पादनको छोटो डकुमेन्ट्रीसमेत देखाइएको थियो । पोखरा न्यायिक समिति संयोजक मञ्जु देवी गुरुङले समितिको अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

सम्मेलनलाई पोखराका काँग्रेस जनप्रतिनिधिले भने बहिष्कार गरेका छन् । कार्यक्रमका लागि आफूहरूसँग समन्वय नगरेको र चुनावको बेला ‘स्वार्थपूर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले बहिष्कार गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस