दोगडाकेदारका विद्यालय पाँच दिनका लागि बन्द « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

दोगडाकेदारका विद्यालय पाँच दिनका लागि बन्द


१४ चैत्र २०७८, सोमबार


बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका सामुदायिक विद्यालय आजदेखि पाँच दिनसम्म बन्द भएका छन् ।

शिक्षक सेवा आयोगको परीक्षाका लागि अधिकांश शिक्षक विद्यालय उपस्थित हुन नसक्ने भएपछि विद्यालय बन्द गरिएका हुन् ।

गाउँपालिकाकाले एक सूचना जारी गर्दै आजेदेखि चैत १८ गतेसम्म विद्यालयहरू बन्द भएका जनाइएको छ ।

दोगडाकेदार गाउँपालिकाको शिक्षा समितिले गरेको निर्णयअनुसार नै विद्यालय बन्द भएका गाउँपालिकाका शिक्षा अधिकृत सुरेशप्रसाद भट्टले जानकारी दिए ।

गाउँपालिकाका अधिकांश शिक्षक परीक्षामा सहभागी हुन जाने विद्यालयको पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले आगामी शैक्षिक सत्रको वर्षे बिदाबाट कट्टा गरिने भएको छ ।

उक्त अवधिमा विद्यालयको प्रशासनिक कामकाज भने सुचारु रहने जनाइएको छ ।

शिक्षक सेवा आयोगले लिने परीक्षा यही चैत १५ देखि सुरु हुँदै छ । सुदूरपश्चिम प्रदेशका लागि ती परीक्षाको कञ्चनपुर र कैलालीमा परीक्षा केन्द्र तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस