स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । स्थानीय तहको निर्वाचनको लागि अन्तिम मतदाताको नामावली टुङ्गो लागेको छ।

आइतबार निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मतदाता नामावली टुङ्गो लगाएको हो।

सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता हुने भएका छन्।

त्यसमध्ये ८९ लाख ९२ हजार १० पुरुष मतदाता छन्। ८७ लाख ४१ हजार ५ सय ३० महिला मतदाता रहेको अर्यालले बताए। यस्तै १८३ जना अन्य छन्।

चुनावको लागि १० हजार ७५६ मतदान स्थल हुने भएका छन् भने २१ हजार ९५५ मतदान केन्द्र हुने भएको आयोगले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस