बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार व्यक्ती पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बलात्कार मुद्दामा पाँच वर्ष कैद तोकिएका फरार व्यक्ती पक्राउ


१३ चैत्र २०७८, आइतबार


पक्राउ

बर्दिया । बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका फरार इब्रार भन्ने इबरार अहमद मनियार पक्राउ परेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका–६ बस्ने ३० वर्षीय मनियारलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

पक्राउ परेका मनियारलाई आवश्यक कारबाहीका लागि बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको छ । जबरजस्ती करणी मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले पाँच वर्ष कैद सजाय तोकेपछि मनियार फरार रहेको नायब उपरीक्षक शाहीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस