काँग्रेस केन्द्रीय समितिद्वारा अर्थमन्त्रीको राजीनामा माग « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

काँग्रेस केन्द्रीय समितिद्वारा अर्थमन्त्रीको राजीनामा माग


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग उठेको छ ।

व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग केन्द्रीय सदस्य प्रकाश स्नेहीले माग गरेका हुन् ।

बैठक स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका स्नेहीले निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि माग गरेको बजेट विनियोजनमा ढिलाइ, अर्थतन्त्रको सूचकलगायतका कारण अर्थमन्त्री शर्मा असक्षम भइसकेकोले सत्ता गठबन्धनभित्र छलफल गरेर बर्खास्त गर्नुपर्ने माग गरिएको बताए ।

उनले यसबारे प्रधानमन्त्री देउवाको जवाफ आई नसकेको र गम्भीर भएर सुनेको जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस