सांसदमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सांसदमाथि भएको आक्रमणबारे छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धता


१३ चैत्र २०७८, आइतबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका–६ मा जनता समाजवादी पार्टीका प्रमुख सचेतक सांसद प्रमोद साहमाथि भएको साङ्घातिक आक्रमणको छानबिन गरिने बताएका छन् ।

हिजो (शनिबार) आक्रमणमा घाइते भएका साहलाई मेडिसिटी अस्पतालमा भेट गरेपछि गृहमन्त्री खाँणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्नै प्रतिबद्धता जनाएका हुन् ।

गृहमन्त्री खाँणले सांसद साहको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । पार्टी कामको सिलसिलामा गृह जिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ ।

गृहमन्त्री खाँणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।

सम्बन्धित समाचार : सर्लाहीको इश्वरपुरमा झडप : जसपाका प्रमुख सचेतक साह घाइते

Tags :
प्रतिक्रिया दिनुहोस