यो चुनाव जनादेश र परमादेशबिचको जनमत सङ्ग्रह : ओली « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

यो चुनाव जनादेश र परमादेशबिचको जनमत सङ्ग्रह : ओली


९ चैत्र २०७८, बुधबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचन जनादेश र परमादेशबिचको जनमत सङ्ग्रह भएको टिप्पणी गरेका छन् ।

बुधवार पार्टीको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले अबको निर्वाचन राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरूका लागि कम्फर्टेबलहरुका बिचमा प्रतिस्पर्धा हुने बताएका हुन् ।

उनले भने, ‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन, यो त जनादेश र परमादेशबिचको जनमत सङ्ग्रहका रूपमा हुँदै छ , राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरूका लागि कम्फर्टेबलहरुका बिचमा हुँदै छ । राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरूबिच हुँदै छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस