सहसचिवको अन्तिम नतिजा सार्वजनिक(नामावलीसहित) « प्रशासन
Logo २० मंसिर २०७९, मंगलबार
   

सहसचिवको अन्तिम नतिजा सार्वजनिक(नामावलीसहित)


८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आयोगले चैत १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको आधारमा उत्तीर्ण नेपाल प्रशासन सेवा सहसचिव तर्फको नतिजा प्रकाशित गरेको हो ।

सहसचिवमा उत्तीर्ण हुनेहरूमा खुल्ला तर्फ सुरेश पन्थी र प्रदीप परियार रहेका छन् भने अपाङ्गतर्फ श्यामकृष्ण थापा, महिला तर्फ कल्पना श्रेष्ठ र मधेसीतर्फ सुरेश राउत रहेका छन् ।

२०७८ पुस ४ देखि ७ गतेसम्म सञ्चालन भएको लिखित परीक्षामा खुल्ला प्रतिस्पर्धातर्फ दुई, महिला एक, मधेसी १ र अपाङ्ग गरी ५ पद माग गरिएकोमा अन्तर्वार्ताका लागि खुल्लातर्फ ४, महिलातर्फ ७, मधेसी ३ र अपाङ्गतर्फ ३ गरी १७ जना छनौट भएका थिए ।

सम्बन्धित समाचार सहसचिवको नतिजा सार्वजनिक(नामावलीसहित)

Tags :
प्रतिक्रिया दिनुहोस