आगामी निर्वाचनमा माओवादीले हारे देशले हार्ने प्रचण्डको जिकिर « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

आगामी निर्वाचनमा माओवादीले हारे देशले हार्ने प्रचण्डको जिकिर


प्रशासन संवाददाता

८ चैत्र २०७८, मंगलबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीले हारे देशले नै हार्ने जिकिर गरेका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अरू पार्टीले हारेमा देशले नहार्ने टिप्पणीसमेत गरे ।

लामो सङ्घर्षपछि भएको राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्र देशी–विदेशी प्रतिक्रियावादीबाट भइरहेको भन्दै उनले परिवर्तनको नायक भएका नाताले पनि आफूहरूले आगामी चुनाव हार्न नहुने उनको भनाइ थियो ।

यसका लागि आक्रामक ढङ्गले गएर प्रतिक्रियावादीविरुद्ध जनतालाई आन्दोलित र सङ्गठित गर्नुपर्नेमा उनले जोड दिए । उनले कार्यकर्ताहरूलाई भने, ‘हाम्रा विरुद्ध षड्यन्त्र गर्ने, धाँधली गर्न चाहनेलाई इँटको जवाफ पत्थरले दिने गरी तयारी गर्नुस् ।’

उनले गठबन्धन होला र खाउँला भन्ने कुरा अहिले दिमागबाट हटाइदिन पनि आग्रह गरे । ‘यद्यपि हामी गठबन्धन विरोधी होइन, हामीले नै गठबन्धन बनाएको हो, गठबन्धनको रक्षा गर्न धेरै ठुलो त्याग गरेका छौँ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस