धनुषामा गोली चल्यो, युवक घाइते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

धनुषामा गोली चल्यो, युवक घाइते


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका–१९ मा शनिवार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।

कमला नगरपालिका–८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाको घरमा बस्दै आएका थिए । उनका मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा ५र६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासि उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको बस्नेतले बताए । उनलाई राति नै उपचारका लागि काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

उनीमाथि पेस्तोलबाट गोली प्रहार गरिए प्रहरीको भनाइ छ । पेस्तोल बरामद भइसकेको र गोली प्रहार गर्नेको पहिचान पनि भइसकेको डिएसपी बस्नेतले जानकारी दिए ।

गोली प्रहार गर्नेको खोजी भइरहेको र घटनाबारे अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस