पल शाह प्रकरणबारे बाबुरामको टिप्पणी : न्यायिक फैसला सबैले मानौँ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पल शाह प्रकरणबारे बाबुरामको टिप्पणी : न्यायिक फैसला सबैले मानौँ


२० फाल्गुन २०७८, शुक्रबार


काठमाडौँ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले ‘मर्दकी दश वटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन् ।

ट्विटर मार्फत टिप्पणी गर्दै उनले न्यायिक फैसलाको सम्मान गर्न आग्रह गरेका हुन् ।

अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी तनहुँ सदरमुकाम दमौलीमा पल शाह पक्षधरको दिनहुँ भइरहेका प्रदर्शन र सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईको यस्तो भनाइ आएको हो ।

यस प्रकरणमा मानवअधिकारवादी, सेलिब्रेटी र सार्वजनिक वृत्तबाट समेत भनाइहरू बाहिर आएका छन् । एक नवबालिकामाथि जबरजस्ती करणीको अभियोगमा पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनलाई अदालतले अभियोगबारे बयान लिइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस