मन्त्री कार्कीद्वारा बर्जु गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

मन्त्री कार्कीद्वारा बर्जु गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन


२५ माघ २०७८, मंगलबार


इनरुवा । सुनसरी बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष सङ्गीताकुमारी राय, पालिकाका वडाध्यक्षलगायत जनप्रतिनिधिको उपस्थितिमा सो भवन उद्घाटन गरेका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीका अनुसार ९९ लाख ७१ हजार ९०८ लागतमा निर्माण सम्पन्न एकतले सो पक्की भवनमा हलसहित सातवटा कोठा रहेका छन् ।

नवनिर्मित भवन उत्तरा कन्ट्रक्शन एण्ड सप्लायर्स कटहरी मोरङले निर्माण गरेको हो । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका लागि जग्गा उपलब्ध गराउने राधेश्याम चौधरी, रोमी शर्मा र बिनादेवी यादवलगायतलाई सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस