रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु


२२ माघ २०७८, शनिबार


धनुषा । धनुषामा हिजो चलेको हावाहुरीले रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सवैला नगरपालिका–१२ का महेन्द्र सदाकी आठ वर्षीया छोरी प्रतिमाकुमारी सदा र चन्देश्वर सदाका सात वर्षीय छोरा अरविन्द सदा रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिएका छन् ।

सबैला–१२ स्थित फकिरचन्द माध्यमिक विद्यालय बरकुर्वाको प्राङ्गणमा रहेको मसलाको रूख ढल्दा दुवै जना टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए ।

उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।

बिहीबार रातिदेखि चलेको हावाहुरीले मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । यसैगरी धनुषामा हावाहुरीका कारण ग्रामीण भेगमा फुसको घर भएका व्यक्तिहरुको घरको छाना उडाएको र सोको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस