२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक अनुशासन कायम गर्न लेखा व्यवसायीको भूमिका: महालेखा परीक्षक

अ+ अ-

काठमाडौँ । महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखा व्यवसायीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहमा महालेखा परीक्षक शर्माले वित्तीय सुशासन प्रवद्र्धनमा दत्तचित्त भएर लाग्न सम्बद्ध लेखा व्यवसायीलाई आग्रह गरे ।

मुलुकमा वित्तीय पारदर्शिता तथा सुशासन कायम गर्नतर्फ लेखा व्यवसायीले ध्यान दिन सक्नुपर्ने खाँचोसमेत उनले औँल्याए । लेखा व्यवसायका विषयमा कहिलेकाहीँ गुनासो आउने गरेको उल्लेख गर्दै शर्माले लेखा व्यवसायीलाई कामप्रति जिम्मेवार बनाउन सुझाए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले रजत जयन्तीको उपलक्ष्यमा प्रकाशन गरेको स्मारिका तथा संस्थाको रणनीतिक योजना विमोचन गर्दै महालेखा परीक्षक शर्माले लेखा व्यवसायका लागि आवश्यक दक्ष जनशक्तिको विकासमा ध्यानदिनसमेत आग्रह गरे ।

ललितपुरको सातदोबाटोस्थित संस्थाको केन्द्रीय कार्यालयमा सोमबार सम्पन्न उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सीए युद्ध राजओलीले आव २०७७÷७८ को वार्षिक प्रतिवेदनसमेत प्रस्तुत गर्दै संस्थाको उद्देश्य र आगामी रणनीतिबार जानकारी गराएका थिए ।

मुलुकमा लेखा व्यवसायको विकास र नियमन गर्न सहयोग पुर्याउने उद्देश्यले २०५३ सालमा स्थापित संस्थालाई अहिलेको अवस्थासम्म ल्याई पुर्याउन महत्वपूर्ण भूमिका खेल्नु हुने सबैलाई धन्यवाद ज्ञापन गर्दै यसअघिका नेतृत्वले देखाएको बाटोलाई अनुशरण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

संस्थामा हालसम्म एक हजार ७२९ चार्टर्ड एकाउन्टेन्ट्स सदस्यहरु तथा ख, ग र घ वर्ग गरी कूल सात हजार २३६ जनादर्तावाला लेखापरीक्षक सदस्य आबद्ध रहेको विज्ञप्तिमार्फत जनाइएको छ ।

संस्थाले हालसम्म ६३२ जना चार्टर्ड एकाउन्टेन्ट्स उत्पादन गरिसकेको छ भने चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्न तहमा १२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।