गण्डकी सरकारले बनायो मनाङका सरकारी कार्यालयलाई उज्यालो « प्रशासन
Logo २५ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गण्डकी सरकारले बनायो मनाङका सरकारी कार्यालयलाई उज्यालो


प्रशासन संवाददाता

२८ असार २०७८, सोमबार


मनाङ । बाढी पहिराको जोखिममा जीवनयापन गर्न बाध्य हिमाली जिल्ला मनाङमा उज्यालो छाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मनाङका १६ वटा सरकारी कार्यालयमा सोलार प्यानल, इन्भर्टर र ब्याट्री जडान कार्य भइरहेको छ ।

विद्युत् नहुँदा अस्पतालमा उपचार सेवा र सरकारी काम प्रभावित भएकाले खरिद गरी पठाइएको सोलार जडान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। उनका अनुसार जिल्लाका प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, प्रहरी कार्यालयलगायतका सरकारी कार्यालयमा सोलार जडान भइरहेको छ ।

पीडामा परेको जिल्लामा हरेक विषयको अद्यावधिक हुनका लागि पनि सोलार जडान गरी सेवा र सूचना प्रवाहलाई प्रभावकारी बनाउन सोलार, इन्भर्टर र ब्याट्री पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत सामान खरिद गरी पठाएको हो । करिब रु १९ लाखको सामान खरिद गरेर हेलिकोप्टरमार्फत चामे पठाइएको थियो ।

सामान ढुवानीका लागि लागेको रु चार लाख ३१ हजार गण्डकी सरकारले नै बेहोरेको छ । सार्वजनिक खरिद ऐनको दफा ४१९१० (घ३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामग्री पठाइएको मुख्यमन्त्री पोखरेलले बताए । सामान खरिद गरेर लमजुङ सदरमुकाम बेँसीशहरमा पुर्याइएको र शुक्रबार मनाङको सदरमुकाम चामे पुर्याई शनिबार जडान भइरहेको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताए।

बाढीपहिराका कारण स्थानीयस्तरका लघु जलविद्युत् योजनामा क्षति पुगेकाले मनसुन शुरु भएसँगै मनाङ अन्धकारमा रहेको छ । विभिन्न स्थानका राष्ट्रिय प्रसारण लाइनमा जोडिएको पोल ढलेका कारण सदरमुकाम चामेसहित अन्य गाउँमा बिजुली बल्न सकेको छैन । असार मसान्तमा सम्पादन गर्ने काममा समेत बिजुली नभएकै कारण प्रभावित भएको अवस्थामा गण्डकी सरकारले सोलार सहयोग गरेर सहजता कायम गराएको प्रजिअ लामिछानेले बताए ।

जिल्ला प्रशासन कार्यालय मनाङले तोकेको प्राथमिकताका आधारमा सोलार सरकारी कार्यालयमा जडान गरिएको छ । मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा यही असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको हो ।

विद्युतीय भुक्तानी र कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाहसमेत प्रभावित भएको थियो । स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले बिजुली नहुँदा कोभिडविरुद्धको खोप बचाउनै मुस्किल भएको बताए। ‘यहाँका मौसमले गर्दा बचाउन अलि सजिलो भएको छ, शनिबार आइतबारदेखि सोलार जडान भएको छ, अब ढुक्क भएका छौँ’, आचार्यले भने । अनुकूल मिलाएर पोखरादेखि आइस ब्याग मगाएर खोप जोगाएको समेत उनले जानकारी दिए । जेनेरेटर प्रयोग गर्न पनि इन्धनको अभाव, दिनभरि घाम नलाग्ने हुँदा पनि खोप बिग्रन्छ कि भन्ने डर रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस