हुवासिन सिमेन्ट उद्योगले वाग्मती सरकारलाई दियो स्वास्थ्य सामग्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हुवासिन सिमेन्ट उद्योगले वाग्मती सरकारलाई दियो स्वास्थ्य सामग्री


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । हुवासिन सिमेन्ट उद्योगले वाग्मती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गरिरहेको चिनियाँ कम्पनी हुवासिनले आज वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सेप्टर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो ।

सो कम्पनीले आज विज्ञप्ति प्रकाशन गरी महामारीका समयमा स्वास्थ्य सामग्री उपलब्ध गराइएको जनाएको हो । उद्योगले यसअघि रु ५० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

धादिङ जिल्ला अस्पताल तथा सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाँउपालिकालाई पनि तीन दर्जन अक्सिजन सिलिण्डर उपलब्ध गराइएको उद्योगले जनाएको छ । उद्योगले कोभिड महामारीको प्रकोप चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै उपचारत कोरोना संक्रमितको स्वास्थ्यलाभ तथा दिवंगतप्रति हादिृक श्रद्धाञ्जलि व्यक्त गरेको छ । उद्योगले थप स्वास्थ्य सामग्री नेपाल सरकारलाई उपलब्ध गराउन प्रयासरत रहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस