७० वर्ष पुगेको पुस्तालाई बिदा गरि नेतृत्वमा नयाँ पुस्तालाई अघि सार्न खनालको आग्रह « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

७० वर्ष पुगेको पुस्तालाई बिदा गरि नेतृत्वमा नयाँ पुस्तालाई अघि सार्न खनालको आग्रह


२० जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले कम्युनिष्ट आन्दोलन बचाउन नयाँ पुस्ता अगाडि बढ्नुपर्ने बताए । केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकमा खनालले ७० वर्ष पुगेको पुस्तालाई बिदा गर्न आग्रह गरेका छन् ।

नेता खनालले भने, ‘हामी ७० वर्ष हाराहारी पुग्यौं । अब हामीलाई छोडेर भएपनि युवाहरु अगाडि बढ्नुपर्छ ।’ उनले आफ्नो पुस्तालाई बिदा गर्न युवाहरुसँग आग्रहसमेत गरे।

आफूलाई केही काम दिए गर्न तयार रहेको उनले बताए । तर कम्युनिष्ट आन्दोलन बचाउन युवाहरु अगाडि बड्नु पर्ने उनको भनाइ रहेको छ । उनले ओलीबाट भने कम्युनिष्ट आन्दोलन नबच्ने पनि बताएका छन् । भने, ‘केपी ओपी कम्युनिष्ट नै होइनन् । उनीबाट आन्दोलन जोगिंदैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस