लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा २९७ मत खस्यो, ३ बजेपछि मतगणना शुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा २९७ मत खस्यो, ३ बजेपछि मतगणना शुरु


१७ जेष्ठ २०७८, सोमबार


बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा २९७ मत खसेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका हुन् । लुम्बिनी प्रदेशसभाका भने ८३ सदस्यले मतदान गरेका छन् ।

स्थानीय तहतर्फ बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख र नरैनापुर गाउँपालिकाका अध्यक्ष तथा गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्षले अहिलेसम्म मतदान नगरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदान गर्ने समयम ३ बजेसम्म तोकिएको छ । उपनिर्वाचनमा ३०० जना मतदाता रहेका थिए ।

उपनिर्वाचनको मतगणना सोमबार (आज) साढे ३ बजेपछि सुरु हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस