कोभिड सङ्कट व्यवस्थापन कोषमा नौ लाख « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कोभिड सङ्कट व्यवस्थापन कोषमा नौ लाख


८ जेष्ठ २०७८, शनिबार


तनहुँ । तनहुँ उद्योग वाणिज्य सङ्घको सक्रियतामा स्थापना गरिएको कोभिड सङ्कट व्यवस्थापन महाअभियान कोषमा रु.आठ लाख ९८ हजार ७२७ सङ्कलन भएको छ ।

कोभिड–१९ को दोस्रो लहरको नयाँ भेरियन्ट देखिएपछि सङ्घले स्वास्थ्य सामाग्री खरिद लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले सो अभियान थालेको हो ।

यसअघि रु।आठ लाख ४२ हजार ७३७ सङ्कलन भएकोमा शुक्रबार मात्रै रु।५५ हजार नौ सय ९० थपिएको सङ्घका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले जानकारी दिए । सङ्घले थालेको अभियानमा व्यापारी, विभिन्न संस्था, देश विदेशमा रहेका नेपालीले खुलेर सहयोग गरेका कारण काम गर्न हौसला मिलेको अध्यक्ष श्रेष्ठले बताए ।

पूर्वमन्त्री भण्डारीद्वारा आर्थिक सहयोग
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्वास्थ्य सामाग्री खरिदका लागि रु. एक लाख एक हजार एघार रुपैयाँ सहयोग गरेका छन् । नेता भण्डारीले पठाएको उक्त रकम कांग्रेस व्यासनगर कार्य समितिका सहसचिव डम्बर अधिकारीले शुक्रबार जिल्ला सचिव विश्व बास्तोला र सहसचिव केशबहादुर सुनारलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।

उक्त रकमबाट स्वास्थ्य सामाग्री खरिद गरी जिल्लाका विभिन्न अस्पताल र आइसोलेसन कक्षहरुमा सामाग्री हस्तान्तरण गर्न पूर्वमन्त्री भण्डारीले आग्रह गरेका हुन् । त्यसैगरी सांसद कृष्णकुमार श्रेष्ठ किसानले जिल्लाको बन्दिपुर स्थित बन्दिपुर अस्पताल, भानु स्थित पुरनडिही अस्पताल, दमौली स्थित दमौली अस्पताल र शुक्लागण्डकी स्थित जिपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस