गजल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गजल


८ जेष्ठ २०७८, शनिबार


विश्वभर रोग झन् फैलियो के गरूँ
आज उपचार सब रोकियो के गरूँ

मूर्खका राज्यमा योजना छन् अनेक
आस जनका सबै सिद्धियो के गरूँ

मन मरेको छ धेरै यहाँ भ्रष्ट छन्
व्यर्थमा ज्यान यो होमियो के गरूँ

घाटमा लासको खात देख्दा सधैँ
लाग्छ दिकदार मन तड्पियो के गरूँ

मानसिक यातना बर्सियो धेर झन्
वेदना छन् रहर खोसियो के गरूँ

प्रतिक्रिया दिनुहोस