माधव नेपाल समूहका सांसदहरु सिँहदरवारमा भेला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माधव नेपाल समूहका सांसदहरु सिँहदरवारमा भेला


७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिँहदरवारमा भेला भएका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो ।

छलफलका लागि नेता नेपालसहित भीम रावल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, झपट रावल लगायत दुई दर्जन बढी सांसदहरु सिँहदरवार पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ पाँच बजेसम्म नयाँ सरकार गठनका निम्ति दिएको समय सकिदै जाँदा दलहरुले एकपक्षीय तथा बहुपक्षीय छलफल तीव्र बनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस