नेपाली सेनाद्वारा प्रदेश २ मा २५ शय्याको फिल्ड अस्पताल निर्माण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली सेनाद्वारा प्रदेश २ मा २५ शय्याको फिल्ड अस्पताल निर्माण


प्रशासन संवाददाता

३ जेष्ठ २०७८, सोमबार


नेपाली सेना

काठमाडौँ । प्रदेश नम्बर २ मा नेपाली सेनाले २५ शय्याको फिल्ड अस्पताल निर्माण गरेको छ । सेनाले बर्दिवासमा अस्पताल र सैनिक आवासीय महाविद्यालय बनाएको हो । अस्पताल र महाविद्यालय दुवैको प्रधानसेनापति पूर्णचन्द्र थापाले गत बुधबार उद्घाटन गरेका हुन् ।

मध्यपूर्वी पृतना हेडक्वार्टरको संयोजन तथा सैनिक कल्याणकारी कोषको लगानीमा ‘बर्दिबास सैनिक शिविर’ भित्र २५ शय्याको फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालय निर्माण गरिएको हो ।

सेनाको बहालवाला तथा अवकाश प्राप्त सैनिक र आश्रित परिवारहरुलाई स्वास्थ्य र शिक्षा सेवा दिने लागिएको हो ।

नेपाली सेनाका अनुसार हाल कोभिड–१९ संक्रमणको कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएको असहज परिस्थितीलाई मध्य नजर गरी नवनिर्मित अस्पतालमा बेडको उपलब्धताको आधारमा गैर सैनिक बिरामीहरुलाई समेत सेवा उपलब्ध गराउने योजना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस