थप अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै « प्रशासन
prasaLogo
१ जेष्ठ २०७८, शनिबार

थप अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाँदै


प्रकाशित मिति : 15 May, 2021 8:09 am

काठमाडौँ। चिनियाँ अनुदानका अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिबार पुनः बेइजिङ जाँदै छ । वाइडबडी जहाज शनिबार साँझ बेइजिङ जाने यो जहाजले कम्तिमा ४ सय थान सिलिण्डर, ४ सय थान अक्सिजन कन्सन्टे«टर र अन्य चिकित्सा सामग्री नेपाल ल्याउने छ ।

गत वैशाख २७ गते पनि पहिलो खेपमा स्वास्थ्य सामग्री र अक्सिजन सिलिण्डर लिन वाइडबडी जहाज चीनको राजधानी बेइजिङ गएको थियो । चार सय थान अक्सिजन सिलिण्डर, १६० थान अक्सिजन कन्सन्टे«टर, १० थान भेन्टिलेटर लगायतका सामग्री लिएर वैशाख २८ गते जहाज काठमाडौँ आइपुगेको थियो ।

चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा दिने घोषणा गरेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल पठाउनका लागि दोस्रो खेपको अक्सिजन सिलिण्डर तयार भएको बताएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस