राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कर्मचारी माग, सात दिनभित्र आवेदन पेश गर्नुपर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कर्मचारी माग, सात दिनभित्र आवेदन पेश गर्नुपर्ने


२६ चैत्र २०७७, बिहिबार


काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रले करार सेवाका लागि कर्मचारी माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना तथा प्रविधि केन्द्र र अन्तर्गत कार्यालयका लागि करार सेवामा प्राविधिक कर्मचारी माग गरिएको हो ।

सूचना प्रविधि निर्देशक एक जना, कम्प्युटर इन्जिनियर ४ जना, इलेक्ट्रिकल इन्जिनियर एक जना, सिस्टम एडमिनिस्ट्रेटर दुई जना, इलेक्ट्रिकल टेक्निसियन एक जना, कम्प्युटर टेक्निसियन दुई जना र कम्प्युटर अपरेटर दुई जना गरी १३ जनाको माग भएको छ ।

करार सेवामा काम गर्न इच्चछुक योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकासित भएको मितिले सात दिनभित्र राष्ट्र्रिय अनुसन्धान केन्द्र सिंहदरबारमा आवेदन पेश गर्न सूचनामा भनिएको छ ।

दरखास्त फाराम केन्द्रको वेबसाइटमार्फत डाउनलोड गरी भर्नुपर्ने छ । परीक्षाको किसिम अन्तर्वार्ता मात्रै रहेको जनाइएको छ ।

राजपत्रांकित द्धितीय श्रेणीको लागि २१ वर्ष उमेर पुरा भइ ४५ वर्ष ननाघेकोले आवेदन दिनसक्ने छन् । राजपत्रांकित तृतीय श्रेणीको लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । राजपत्र अनंकित प्रथम श्रेणीका पदहरुका हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ । महिला र अपाङ्गको हकमा ४० वर्ष उमेर पुरा नभएको हुनपर्ने छ ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस