उद्योगलाई तेजाब तथा अन्य घातक पदार्थको खपत विवरण उपलब्ध गराउन निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उद्योगलाई तेजाब तथा अन्य घातक पदार्थको खपत विवरण उपलब्ध गराउन निर्देशन


२२ चैत्र २०७७, आइतबार


काठमाडौँ । सरकारले तेजाब तथा अन्य घातक पदार्थ खपत गर्ने उद्योगलाई वार्षिक विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

आइतबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै देशभरका उद्योगलाई तेजाब तथा अन्य घातक पदार्थको खपत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

अनुसूची ८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिएर औद्योगिक प्रचलनका लागि आ९आफ्नो उद्योगमा वार्षिक स्किमअनुसार के कति परिमाणमा के कस्तो रसायन आवश्यक पर्दछ सो को नियमानुसारको स्पष्ट विवरण ७ दिनभित्र यस शाखामा आइपुग्ने गरी पेस गर्न सबैलाई सूचित गरिन्छ ।’सूचनामा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस