शिक्षा मन्त्रालयका तीन कर्मचारी बढुवा सिफारिस « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

शिक्षा मन्त्रालयका तीन कर्मचारी बढुवा सिफारिस


१८ चैत्र २०७७, बुधबार


काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका तीन कर्मचारी बढुवाका लागि सिफारिस गरिएको छ ।

मङ्गलवार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको पदमा ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाल शिक्षा सेवा मुद्रण समूह, मुद्रण व्यवस्थापन उपसमूह राजपत्र अनङ्कित प्रथम श्रेणी वरिष्ठ मुद्रण सहायक पदमा दुई जनालाई सिफारिस गरिएको छ भने सिनियर प्रुफ रिडरमा एक जनालाई सिफारिस गरिएको छ ।

वरिष्ठ मुद्रण सहायकमा कृष्णराम माताँ र बालकृष्ण भण्डारीलाई सिफारिस गरिएको छ । यस्तै सिनियर प्रुफ रिडरमा रेशम शर्मालाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस