खुकुरी प्रहार गरी श्रीमतीको हत्या « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

खुकुरी प्रहार गरी श्रीमतीको हत्या


१३ चैत्र २०७७, शुक्रबार


हत्या

इनरुवा । श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस