नेपालसहित चार नेतालाई तीन दिने स्पष्टीकरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालसहित चार नेतालाई तीन दिने स्पष्टीकरण


९ चैत्र २०७७, सोमबार


काठमाडौँ । एमालेले माधव नेपालसहित ४ नेतालाई स्पष्टीकरण सोधेको छ।

एमाले महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन्।

चारै नेताका घरमा स्पष्टीकरण पुर्‍याइएको एमाले पार्टी कार्यालयले जानकारी दिएको छ ।

पार्टी हितविपरीत किन गतिविधि गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको महासचिव पोखरेल निकट स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।

शनिवार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरू सहभागी थिए।

फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिवारको बैठकमा गएको थिएन।

Tags :
प्रतिक्रिया दिनुहोस