गृहसचिव न्यौपानेसहित तीन सहसचिव र दुई महानिरीक्षक पुरस्कृत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गृहसचिव न्यौपानेसहित तीन सहसचिव र दुई महानिरीक्षक पुरस्कृत


८ चैत्र २०७७, आइतबार


काठमाडौँ । गृहसचिव महेश्वर न्यौपाने सहित तीन सहसचिव तथा सशस्त्र र नेपाल प्रहरी महानिरीक्षक पुरस्कृत भएका छन् ।

बेरुजु फर्छ्यौटमा उल्लेखनीय भूमिका निभाएको भन्दै गृह मन्त्रालयले उनीहरूलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा गृहसचिव न्यौपाने, सहसचिवत्रय जनकराज दाहाल, द्रोण पोखरेल र श्रवणकुमार तिमिल्सेनासहित सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री छन् ।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलले उनीहरूलाई पुरस्कृत गरेका हुन् ।

तत्कालीन नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले आफ्नो कार्यकालमा सबैभन्दा धेरै ९९ दशमलव ९८ प्रतिशत बेरुजु फर्छ्यौट गरेका थिए । मन्त्रालयका अनुसार उनले जम्मा ४५ करोड ६१ लाख रुपैयाँ फर्छ्यौट गरेका हुन् ।

यस्तै दोस्रोमा सहसचिव जनकराज दाहाल ९४ दशमलव ४९ प्रतिशत र तेस्रोमा नेपाल प्रहरीले ९१ प्रतिशत बेरुजु फर्छ्यौट गरेका छन् ।

मन्त्रालय र मातहतको जम्मा बेरुजु २ अर्ब १६ करोड रहेकोमा २०७७ असार मसान्तसम्ममा १ अर्ब ६६ करोड फर्छ्यौट भएको हो ।

जसमा रकमका हिसाबले सबैभन्दा धेरै नेपाल प्रहरीले ८० करोड ५९ लाख रुपैयाँ भन्दा बढी रकम फर्छ्यौट गरेको छ । सशस्त्र प्रहरीको को जम्मा बेरुजु ११ करोड २६ लाख रुपैयाँ रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस