परस्त्रीसँग होटलमा भेटिएका वडाध्यक्ष प्रहरी नियन्त्रणमा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

परस्त्रीसँग होटलमा भेटिएका वडाध्यक्ष प्रहरी नियन्त्रणमा


६ चैत्र २०७७, शुक्रबार


बैतडी । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरालाई परस्त्रीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । ​

वडाध्यक्ष महरा स्थानीय एक महिलासँग एक होटलमा शङ्कास्पदरूपमा भेटिएका थिए ।

उनीहरु दुवैलाई बिहिबार बिहान ३ः०० बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

उनीहरु दुवै कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी थिइन् ।

शङ्कास्पद भेटिएका दुवै जनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

उनले भने, ‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ, जिल्ला ल्याइँदैछ’, उनले भने, ‘जिल्ला ल्याइँदैछ थप बुझ्छौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस