श्रीमतीको हत्या गरी गहना र पैसा लुटपाट गर्ने श्रीमान प्रहरीद्वारा सार्वजनिक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

श्रीमतीको हत्या गरी गहना र पैसा लुटपाट गर्ने श्रीमान प्रहरीद्वारा सार्वजनिक


४ चैत्र २०७७, बुधबार


काठमाडौँ । बल्खुको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्यापछि श्रीमान् सन्तोष सापकोटाले गहना लुटेर लगेको पाइएको छ । सामान्य विवादका क्रममा भएको झगडामा हतौडा प्रहार गरी श्रीमती सन्तोषी श्रेष्ठ सापकोटाको हत्या गरेपछि गहना लुटेको पाइएको हो ।

प्रहरी परिसर, काठमाडौंका प्रमुख अशोक सिंहले भने, ‘हत्यापछि मृतकको हातको बाला, दुईवटा मुन्द्रा, २३ हजार रुपैयाँ नगद र आइफोन समेत लिएर भागेको अवस्थामा उनलाई पक्राउ गरेका छौँ।’ सिंहका अनुसार सन्तोष लागूऔषध दुर्व्यसनी समेत हुन् ।

घटनामा सवुध प्रमाणसहित सापकोटालाई पक्राउ गरी आज परिसरमा सार्वजनिक गर्ने क्रममा प्रहरी वरिष्ठ उपरीक्षक  सिंहले भने, ‘हत्यापछि शवलाई तन्नामा पोको पारी बोरामा हालेर फ्याक्ने प्रयास गरेको पाइयो ।’ अभियुक्त श्रीमतीले लगाएका गरगहना तथा नगद पैसा भने लिएर भागेका थिए ।

उक्त घटना सोमबारको हो । मृतक श्रेष्ठको टाउकाको बायाँपट्टी गहिरो चोट, घाँटीमा नीलडाम देखिएको प्रहरीले जनाएको छ । सापकोटा यसअघि लागुऔषध मुद्दामा कारागार चलान भई कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन् । छुटेपछि पनि उनले लागुऔषध भने छाडेका थिएनन् ।

प्रारम्भिक अनुसन्धानमा सापकोटाले पारपाचुके गर्न पटकपटक दबाब दिँदै आएको पाइएको छ । उनीमाथि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस