सेना दिवसमा महाशिवरात्रि बढाइँ र शिवताण्डव नृत्य (फोटोफिचर) « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सेना दिवसमा महाशिवरात्रि बढाइँ र शिवताण्डव नृत्य (फोटोफिचर)


२७ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । नेपाली सेनाले आज स्थानीय सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलापको रुचिपूर्वक अवलोकन गरिन् । महाशिवरात्रिका दिन आज आयोजित समारोहमा उनलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । उनले सैनिक स्मारकमा पुष्पहारार्पण पनि गरेकी थिइन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत सरकारका मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं अन्य उच्चपदस्थ विशिष्ट व्यक्तिको सहभागिता थियो ।

समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय झण्डा र ब्यानर प्रदर्शन तथा पुष्टवृष्टि गरिएको थियो । सेनाले महाशिवरात्रि बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै सातै प्रदेशका संस्कृति झल्कने नृत्य एवं झाँकीसमेत देखाएको थियो ।

यस्तै आकर्षक सैनिक कला, खुकुरी ड्रिल र खोज उद्धार प्रदर्शनी पनि भएको थियो । सेनाले राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागितालगायत विविध गतिविधि झल्कने झाँकीसमेत प्रदर्शन गरेको थियो ।

समारोहमा राष्ट्रपति भण्डारीले ‘नेपाल एकीकरणको इतिहास ९विसं १८०१–१८७२०’, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरुको परिचय’ र ‘सिपाही वार्षिक २०७७’, पुस्तकसमेत विमोचन गरिन् । राष्ट्रपति भण्डारीले फ्रिफल जम्पका विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेकी थिइन् । सैनिक कलाकारले देशभक्तिपूर्ण गीतमा नृत्य, साङ्गीतिक धून तथा शिवताण्डव नृत्य प्रस्तुत गरेका थिए ।

नेपाली सेनाको वर्तमान साङ्गठनिकस्वरूप विसं १८१९ देखिको हो । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८(विसं २०१५ तिर) देखि आरम्भ भएको थियो । हालसम्म ४३ शान्ति स्थापना कार्यमा रही एक लाख ३५ हजारभन्दा बढी सैनिकले विश्वशान्तिमा योगदान पु¥याइसकेका छन् । विश्वका १२ शान्ति मिशनमा नेपालबाट ८७ महिला सैनिकसहित पाँच हजारभन्दा बढी शान्ति सैनिक सहभागी छन् ।

‘प्रधानसेनापति प्रशंसा निशान’
समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले विभिन्न मुलुकका राजदूतलाई‘प्रधानसेनापति प्रशंसा निशान’ प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो । यसरी निशान प्राप्त गर्नेमा सैनिक र गैरसैनिक गरी एक हजार ३ सय ४७ जना थिए ।

उनले विभिन्न प्रतियोगितामा विजेता सैनिक अधिकृतलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै भूतपूर्व सैनिक, उत्कृष्ट कृषक, उद्यमी, समाजसेवा, लघुउद्यमी सम्मानसमेत प्रदान गरे।

Tags :
प्रतिक्रिया दिनुहोस