बिहीबार यी क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक(सूचनासहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बिहीबार यी क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक(सूचनासहित)


२६ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार शिवरात्रि पर्वको अवसरमा उपत्यका विभिन्न क्षेत्रमा चल्ने सवारी साधनमा रोक लगाएको छ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भिड लाग्ने हुनाले सो क्षेत्र भएर चल्ने सवारी साधनको लागि अन्य रुटहरूको व्यवस्था गरी उक्त क्षेत्रमा सवारी साधन निषेध गरिएको महाशाखाले जनाएको छ ।

महाखाले बुधवार सूचना प्रकाशित गर्दै यातायात सञ्चालन पशुपतिनाथ मन्दिर क्षेत्र वरपरका क्षेत्रहरूमा सवारी साधना सञ्चालन गर्न रोक लगाएको जानकारी दिएको हो । महाशाखाले सवारी साधन चलाउनको लागि वैकल्पिक मार्ग प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

यद्यपि, तिलगंगा हुँदै रिङ रोडमा भने सवारी साधन चल्न पाउने बताइएको छ। हाललाई चक्रपथ क्षेत्रमा सवारीसाधन नरोकिए पनि दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिने बताइएको छ।

यस्तो छ शिवरात्रिको ट्राफिक व्यवस्थापन :

Tags :
प्रतिक्रिया दिनुहोस