प्रदेश लोक सेवाको विज्ञापनप्रति कर्मचारी मञ्चको आपत्ति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश लोक सेवाको विज्ञापनप्रति कर्मचारी मञ्चको आपत्ति


२८ मंसिर २०७७, आइतबार


जनकपुरधाम । प्रदेश नम्बर २ लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापनप्रति नेपाल मधेसी निजामती कर्मचारी मञ्चले आपत्ति जनाएका छन् । प्रदेश सरकारले गरेको विज्ञापनमा बढुवासमेतको पद खुलाई कार्य तालिका निर्माण गरेर सच्याएर विज्ञापन पुनः आह्वान गर्न मञ्चले आयोगका अध्यक्ष सुरेन्द्र कुमार यादवलाई ज्ञापन पत्र बुझाएको हो।

प्रदेश लोक सेवा आयोगको सूचना नम्बर १/२०७७-०७८ बमोजिम गत बिहीबार प्रकाशित इन्जिनियरीङ सेवा, इन्जिनियर पदको विज्ञापन उपर मञ्चको गम्भीर ध्यानाकर्षण भएको मञ्चले जनाएको छ ।

उनले सङ्घीयता कार्यान्वयनपछि केन्द्रीय लोकसेवा आयोगले स्थानीय तहको लागि केही वर्ष अगाडि मात्र गरेको विज्ञापनमा अधिकृत छैटौँ तहलाई इन्ट्रीप्वाइन्ट मानी विज्ञापन गरेकोमा यस प्रदेशको लोक सेवा आयोगले सातौँ तहलाई अधिकृत इन्ट्रीप्वाइन्टको रूपमा विज्ञापन गर्नुको आधार के रहेको भन्दै प्रश्न समेत गरेका छन्।

आयोगले गत बिहीबार प्रदेशमा रिक्त रहेको प्राविधिक पदका लागि अधिकृत तहको विज्ञापन प्रकाशन गरेको थियो। सूचनाअनुसार राजपत्राङ्कित तृतीय श्रेणी सातौँ तह ९प्राविधिक० पदको खुल्ला तथा समावेशीतर्फ ३७ पदका लागि दरखास्त आह्वान गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस