राष्ट्रिय जनमोर्चाद्धारा बर्दिबासघटनाका दोषीलाई कारवाही माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय जनमोर्चाद्धारा बर्दिबासघटनाका दोषीलाई कारवाही माग


११ मंसिर २०७७, बिहिबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ ।

पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी बालिकाहरुको बलात्कार र हत्याका घटना निरन्तर हुनाले जनताको सुरक्षाको स्थिति अत्यन्तै कमजोर रहेको र शान्तिसुरक्षाप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै बालिकाको हत्या स्वीकार गर्ने स्थानीयवासी अरुण शाहलाई कारवाही गरी पीडितलाई न्याय दिन माग गरेको हो ।

पीडितलाई न्याय दिनाको सट्टा न्याय माग्ने जनतामाथि दमन गरिएको घटनाको पनि छानबिन गर्न पार्टीले माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस