अमेरिकी राष्ट्रपति निर्वाचन : तीव्र प्रतिस्पर्धामा ट्रम्प र बाइडन, मतगणनामा बाइडन अगाडि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अमेरिकी राष्ट्रपति निर्वाचन : तीव्र प्रतिस्पर्धामा ट्रम्प र बाइडन, मतगणनामा बाइडन अगाडि


प्रशासन संवाददाता

१९ कार्तिक २०७७, बुधबार


काठमाडौँ । अमेरिकामा नयाँ राष्ट्रपति छनोटका लागि मङ्गलवार भएको चुनावी मतगणना जारी छ । मतगणनाको प्रारम्भिक नतिजा पनि आउन थालेको छ ।

प्रारम्भिक नतिजा अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार राष्ट्रपति डोनल्ड ट्रम्प भन्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन अगाडि देखिएका छन् ।

हालसम्म ५० राज्यमध्ये २० राज्यको नतिजा आइसकेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । जसमध्ये बाइडनले ९४ इलेक्ट्रोल भोट पाएका छन् । ट्रम्पको पक्षमा भने ८० इलेक्ट्रोल भोट परेको छ ।

१८ राज्यको मतगणनामा बाइडनले कोलोराडो, न्युयोर्क, न्यु जर्सी, मेरिल्याण्ड, मासाचुएट्स, भर्मोन्टलगायतका राज्यको इलेक्टोरल भोट जितेका छन् । त्यस्तै ट्रम्पले नर्थ र साउथ डाकोटा, वेस्ट भर्जिनिया, इन्डियाना, अल्बामा लगायतका राज्यको इलेक्टोरोल भोट पाएका छन् ।

सुरुआती नतिजामा बाइडन ट्रम्पभन्दा अगाडि देखिए पनि मुख्य प्रतिस्पर्धा हुने राज्यको मतगणनाको नतिजा भने आउन बाँकी छ । फ्लोरिडा, पेन्सिभानिया, टेक्सास, नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यको नतिजाले अमेरिकाको आगामी राष्ट्रपतिको टुंगो लगाउनेछ । बीबीसी

 

Tags :
प्रतिक्रिया दिनुहोस