२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्णयमा लचकता

अ+ अ-

कुरा २०७२ साल तिरको हो। म जिल्ला स्थित कार्यालयमा कार्यरत थिएँ । शुक्रवार भएकोले राजधानी गएको थिएँ‌। शनिवार बिहानै जागा भई नित्यकर्म पश्चात् एक जना परम मित्रसँग टेलिफोन संवाद सुरु गरेँ। वहाँ प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयमा कार्यरत रहनु भएकाले कहिले काहीँ हामी भावी मुख्य सचिव भन्ने गर्थ्यौँ। वहाँ खुसी हुनुहुने र छिटो निर्णयमा पुग्ने स्वभावको हुनुहुन्थ्यो। वार्ता यस्तो रह्यो।

मः सर नमस्ते, आराम हुनुहुन्छ ?
सर : हजुर ! ठिक छ । मैले ठम्याइन नि १
म : (वार्ता जारी राख्दै), अनि सर कता ? राजधानी तिरै कि, फिल्डतिर ?
सर : राजधानी तिरै, अझ मैले ठम्याइन है।
म : हजुर, सर यसो भेटघाट गरी चिया खाने कि भनेर नि, सरको बसाइ कतातिर पो ?
सर : एह, भै हाल्छ नि । म यता कौशलटार तिर बस्छु ।
म : सर, म … बोलेको, कतिबेला कता पो भेटौँ ?
सर : हैत, तपाईँ पो। त्यसो भए म भ्याईन यार ! यो… रोग नी बढिरहेको छ । मेरो काम नि सारै व्यस्त पो छु है …
म : (मनमनै) शायद निर्णयमा लचकता भनेको यही होला, यस्तै निर्णयहरुले पो हामी सफल भएका हौँला है… (गम् खाँदै, फोन राखी दिएँ। म पनि व्यस्त भएकोले धन्यवाद सर भन्न नि भ्याइनछु।)

कथा समाप्त

लेख्नेलाई फुलको माला,
पढ्नेलाई … (सुन त मँहंगो भा छ)

(सरकारी स्वास्थ्य सेवामा विगत १४ वर्ष देखि सेवारत रिजाल हाल सउल, कोरिया स्थित योन्सी युनिभर्सिटीमा एमपिएच अध्ययनरत हुनुहुन्छ ।)