कुरा २०७२ साल तिरको हो। म जिल्ला स्थित कार्यालयमा कार्यरत थिएँ । शुक्रवार भएकोले राजधानी गएको थिएँ। शनिवार बिहानै जागा भई नित्यकर्म पश्चात् एक जना परम मित्रसँग टेलिफोन संवाद सुरु गरेँ। वहाँ प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयमा कार्यरत रहनु भएकाले कहिले काहीँ हामी भावी मुख्य सचिव भन्ने गर्थ्यौँ। वहाँ खुसी हुनुहुने र छिटो निर्णयमा पुग्ने स्वभावको हुनुहुन्थ्यो। वार्ता यस्तो रह्यो।
मः सर नमस्ते, आराम हुनुहुन्छ ?
सर : हजुर ! ठिक छ । मैले ठम्याइन नि १
म : (वार्ता जारी राख्दै), अनि सर कता ? राजधानी तिरै कि, फिल्डतिर ?
सर : राजधानी तिरै, अझ मैले ठम्याइन है।
म : हजुर, सर यसो भेटघाट गरी चिया खाने कि भनेर नि, सरको बसाइ कतातिर पो ?
सर : एह, भै हाल्छ नि । म यता कौशलटार तिर बस्छु ।
म : सर, म … बोलेको, कतिबेला कता पो भेटौँ ?
सर : हैत, तपाईँ पो। त्यसो भए म भ्याईन यार ! यो… रोग नी बढिरहेको छ । मेरो काम नि सारै व्यस्त पो छु है …
म : (मनमनै) शायद निर्णयमा लचकता भनेको यही होला, यस्तै निर्णयहरुले पो हामी सफल भएका हौँला है… (गम् खाँदै, फोन राखी दिएँ। म पनि व्यस्त भएकोले धन्यवाद सर भन्न नि भ्याइनछु।)
कथा समाप्त
लेख्नेलाई फुलको माला,
पढ्नेलाई … (सुन त मँहंगो भा छ)
(सरकारी स्वास्थ्य सेवामा विगत १४ वर्ष देखि सेवारत रिजाल हाल सउल, कोरिया स्थित योन्सी युनिभर्सिटीमा एमपिएच अध्ययनरत हुनुहुन्छ ।)