२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म वेश्या की यौनसेवी ?

अ+ अ-

“म वेश्या हुँ ।”
ए ! “वेश्या” शब्द प्रयोग गर्न नहुने, मेरो कथा त बालबालिकाले पनि पढ्लान् के रे, वाल मनोविज्ञानमा नकारात्मक असर पार्ला। हुन त मान्छेमा यौन चाहना सामान्यतया तेह्र वर्षमै भए पनि कानुनले अठार नपुग्दासम्म बालबालिका भनेर परिभाषित गरेको छ । र यो उमेरसम्म यौन सम्पर्क गर्न वर्जित गरेको छ । म त २३ पुगिसके, मलाई त असर नगर्ला तर बालबालिकाको सर्वोत्तम हितलाई ध्यान दिनुपर्ने । हुन त मेरो कथामा कुनै अश्लीलता छैन । म त्यसै किन आत्तिने ?

भुसुक्कै बिर्सेछु, समाजबाट तिरस्कृत हुनुपर्ला भन्ने कुरा त । राज्यले हामीलाई अपराधी मुकरर गर्ने कुरा पनि बाँकी नै छ । हुन त समाजमा वेश्याको कमी छैन तर लुकाउँछन् र पो त ? राज्यले पनि प्रतिबन्धित गरेको सन्दर्भमा लुकाउनु स्वाभाविक हो । तर म आज आफ्नो परिचय खुलेर दिन विवश छु । ‘हो ! म वेश्या हुँ ।’ मेरो यो राज्यका विरुद्धमा साङ्केतिक विरोध हो । म जस्ता विवश निरीह प्राणीलाई अपराधी मुकरर गरेको सन्दर्भमा ।

यो मेरो पेसा हो । रोजीरोटी हो । मेरो इज्जत हो । मेरो प्रतिष्ठा हो । मेरो सब थोक यही हो, वेश्यावृत्ति । वेश्यावृत्ति संसारकै सबैभन्दा पुरानो पेसा हो । प्राचीन युनानमा वेश्यालयमाथि राज्यको अधिकार हुन्थ्यो जसको लागि निश्चित क्षेत्र तोकिएको हुन्थ्यो । सार्वजनिक स्थान, मन्दिर, देवालयमा तिनीहरूलाई वर्जित थियो। मुस्लिम मुलुकहरूमा त महिला पुरुष हात समातेर पनि हिँड्न पाइँदैन भन्ने सुनिएको हो । तर, त्यही मुस्लिम बहुल राष्ट्र पाकिस्तानमा वेश्यालय छन् । विभिन्न देशले रेडलाईट एरिया घोषणा गरिसकेका छन्। नेपालमा पनि गण्डकी प्रदेशले प्रस्ताव गर्न खोजिरहेको छ । यौन आधारभूत आवश्यकता भैसकेको सन्दर्भमा मेरो विवश कर्मलाई आपराधीकरण गरिएको विषयमा मेरो पनि आपत्ति छ ।

वेश्यावृत्तिमा लाग्ने धेरै कारण छैनान् । मात्र ३ वटा छन्। ती हुन् -१)आर्थिक कारण, अर्थात् दुई छाक टार्न वा आफ्ना आधारभूत आवश्यकता पुरा गर्न; २)सामाजिक कारण, अर्थात् -‘विधवा विवाहलाई मान्यता नदिनु, सामान्य चारित्रिक भुललाई सामाजिक मान्यता नदिनु, अनमेल विवाह आदि’ र ३)मनोवैज्ञानिक कारण, अर्थात् -‘भ्लादिमिर नोवोकोभकी लोलिता जस्तै, यौन इच्छा तीव्र हुनु र कामुकता प्रदर्शन गर्नु ।’ यहाँ अन्तिम कारणले यो पेसा अँगाल्ने मानिस भन्दा पहिलो र दोस्रो कारणले पेसा अँगाल्नेहरूको बाहुल्यता छ । ठुलाबडा भनाउदाहरु तेस्रो कारण रोज्छन् भने हामी गरिब र निरीहहरू पहिलो र दोस्रो कारणले यो पेसा रोज्छौँ ।

हो, म पहिलो कारणले गर्दा यो पेसा अँगाल्न विवश प्राणी हु। मेरो बुबा हुनुहुन्न, म दुई वर्षकी हुँदा बित्नुभएको, ममीले मैले एसएलसी दिएको वर्ष परार एक जना लाहुरे सँग बिहे गर्नुभयो । मैले आफ्नो पढ्ने तीव्र इच्छालाई मार्न सकिन र म आफै पढ्छु, भनेर काठमाडौँ आएँ । काठमाडौँ ल्याएर कलेज भर्ना त ममी र मेरो पछिल्लो बाबाले नै गरिदिनुभयो । कोठाको बन्दोबस्त पनि उहाँले नै गरेर जानुभयो । केही पैसा पनि छाडेर जानुभएको । पछि ममीले पैसा पठाउन सक्नुभएन रे !

मेरो पछिल्लो बाबाले उनीहरूको बच्चा जन्मिएपछि मलाई माया गर्न छाड्नु भयो रे ! मेरो ममीलाई बिहे गर्दा मलाई सधैँ माया गर्ने कसम भुल्नु भयो रे ! एक दिन ममी रुनुभएको थियो फोनमै । त्यसपछि कहिलेकाहीँ कुरा त हुन्छ फोनमा । मैले जागिर गरेर पढिरहेको छु, भन्छु । ममीले के जागिर गर्छेस् ? भनेर सोध्नुभएको छैन । र त मैले पनि उहाँलाई ढाँट्नु परेको छैन । सोधिहालेमा के जवाफ दिने पनि सोचेर बसिसकेको छु । मेरो कोठामा भएको वाल्मीकि टेबल, घरबेटिले दिएको एउटा सानो खाट र मेरो एक सरो जीवन गुजार्ने भाडाकुडि र कपडाले पैसा फलाएनन् । अनि काठमाडौँले मलाई के माया गर्थ्यो र ? दयासम्म त गरेन । म भविष्यमा पत्रकार बन्ने उद्देश्यले यो काठमाण्डौं खाल्डोभित्र पसेकी मेरो उद्देश्य पुरा नगरी फर्किन मन लागेन । घर गएर पनि के गर्ने ? अनि बाध्य भए यो पेसा अँगाल्न । राज्यले प्रतिबन्ध गरे पनि । अपराधको दर्ज दिए पनि मेरो सपना पुरा गर्ने मेरो पेसा हो वेश्यावृत्ति।

‘‘वेश्या ती हुन् जसले राज्य महाविपत्तिमा परेको बेलामा समेत भ्रष्ट्राचार र कालोबजारी गरिरहेका छन्, दिनदहाडै नेपाल आमालाई लुटिरहेका छन्, दिनदहाडै आफ्नो देशको अस्मिता लुटिरहेका छन्, आमा समान राज्यलाई आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न दिनहुँ लुटिरहेका छन्’’

म वेश्या भए आफ्नो घरमा श्रीमती हुँदाहुँदै ‘म सँग जवानी साट्न आउने जनतादेखि नेतासम्म, स्यालदरवारका बटुकदेखि लिएर सिंहदरबारका महाराजसम्म तिनलाई के भनी सम्बोधन गर्ने ?’ फरक यति छ, म पैसाको लागि काम गर्छु ती मनोरञ्जनका लागि । म मेरो आवश्यकता पुरा गर्न कसैको यौन प्यास मेटाइरहेकी छु। समाज भन्छ, ‘म अपराधी, म सँग आउने यौनप्यासीहरु सज्जन, भद्र भलादमी ।’ जसले एयरपोर्टबाट सुन बटुल्छन्, जनताबाट खुन असुल्छन्, राज्य समस्यामा पर्दा पनि भ्रष्ट्राचार गर्छन्, ती सदाचारी, म आफ्नो व्यक्तिगत जीवनलाई अगाडी धकेल्न, दुई छाक टार्न विवश अबला नारी अपराधी । राज्य महाविपत्तिमा परेको बेलामा समेत भ्रष्ट्राचार र कालोबजारी गर्नेहरू वेश्या हुन् ।

उनीहरूले दिनदहाडै नेपाल आमालाई लुटिरहेका छन् । वेश्या त ती हुन् जसले दिनदहाडै आफ्नो देशको अस्मिता लुटिरहेका हुन्छन्, वेश्या ती हुन जसले आमा समान राज्यलाई आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न दिनहुँ लुटिरहेका हुन्छन् । यस्तो परिस्थितिमा मलाई वेश्या भनेर परिभाषित गर्ने समाजलाई आज खुलेर भन्न विवश छु; ‘हो म वेश्या हु ।‘

यदि धेरै जनासँग सम्भोग गर्नेलाई वेश्या भनी परिभाषित गर्ने हो भने द्रौपदी पनि वेश्या हुन् । उनले पाँच जनासँग सम्भोग गर्ने गरेको हामी सबैलाई विदितै छ । विद्याकी देवी सरस्वती पनि वेश्या हुन् । उनका श्रीमान् विष्णु हुन् । भने चाहेर होस् या नचाहेर आफ्नै बाबु व्रह्मासँग सम्भोग गरेको हामी धार्मिक ग्रन्थमा पढ्न पाउँछौ । तपाई मेरो आमाहरू वेश्या हुन्, तिनीहरू हरेक दिन उनको श्रीमानको अगाडी निर्वस्त्र हुन्छन्। नेपाल आमा वेश्या हुन्, हरेक दिन भ्रष्ट्राचार, कालोबजारी लगायतका कार्य गरी ठुलाबडाहरूले निर्वस्त्र बनाई लुट्ने गर्छन् । त्यसैले मलाई आज आफू वेश्या हुँ भनेर भन्न कुनै लाज सरम छैन।

सम्भोगलाई ओशो रजनीश समाधिको सानो ढोका ठान्छन् । ‘वेश्या गमन’मा आफ्नो शरीर केही क्षण अरूलाई सुम्पिइन्छ । यो कर्ममा जघन्य के अपराध छ ? तर, हामी यस्तो कर्ममा संलग्नहरूलाई निन्दा गछौँ । ‘छि’ भन्छौँ । समाजमा वेश्यागमनप्रति नकारात्मक चिन्तन यसरी गाडिएर बसेको छ कि यौन कर्म नै आफैँमा जघन्य अपराधझैँ लाग्छ । यो युगौँदेखि बन्द कोठाभित्र निरन्तर चलिरहेको अपराध हो । तर यो अपराध हो, भने देशलाई नीतिगत निर्णय गर्दै लुट्नु के हो ? म त सहमतिमा करणी गर्छु तर यहाँ कति नदेखिएका र नलेखिएका कथाहरू छन् हरेक दिन महिला बलात्कृत भएका छन्, ती घटनाहरू बाहिर आएका छैनन् । हो, तिनै कथाहरू बाहिर ल्याउन आज म खुलेर भन्दै छु, ‘हो म वेश्या हु।‘

अभय श्रेष्ठले आफ्नो पुस्तक क्रान्तिको पाठशालामा लेखेका छन् “त्यो युवतीलाई भेटेपछि मलाई बोध भयो धोकापूर्ण राजनीतिविरुद्ध वेश्यावृत्ति पनि यो देशमा सशक्त कारबाही हो ।’ हो राजनीतिज्ञहरूले गरेको धोकापूर्ण राजनीतिका विरुद्धमा म आज खुलेर आफूलाई वेश्या हुँ भनी परिभाषित गर्दै साँच्चै वेश्या को हुन् ? भनी परिभाषित गर्दै छुँ । मलाई वेश्यागमन गर्नेहरू भन्दा नेपाल आमालाई बलात्कार गर्नेहरूको विरुद्धमा आन्दोलनको शंखघोष गर्दै छु ।

संसारले मलाई वेश्या भन्यो, समाजले पनि त्यही दृष्टिले व्यवहार गरेको थियो । वास्तवमा मेरो त्यो बाध्यतालाई धेरैले चरित्रको रङ दिएर उडाए । अहिले म खुलेर भन्न सक्छु– यदि म वेश्या नभएको भए, म कि त मृत्युवरण गर्नुपर्थ्यो कि त सडक छाप भएर बस्नुपर्थ्यो । मेरो बाध्यतालाई चरित्रसँग जोडियो तर अरूको रहरलाई उनको सोखसँग यो समाजले कहिले जोडेको छ र ?’ वेश्या भनेका त राज्यलाई महाविपत्तिमा पनि लुट्न नछोड्ने हरू हुन । त्यसैले मलाई वेश्या होइन यौन सेवीभन्दा उपयुक्त हुन्छ ।