कविता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कविता


१० श्रावण २०७७, शनिबार


तिमी माइत मा हुर्क्यौ, तर यो घर हो
तिमी बा आमा को काखमा हुर्केऊ, अब ससुरा सासू हुन्
तर सासू हैनन् आमा हुन् ससुरा हैनन् बा हुन् ।
यति तिमीले स्विकार्न सक्नु पर्छ ।

तिमीमा चन्चला अझै होला !
तिमीमा बा आमा लाई घुर्क्याउने बानी अझै होला !
तर अब तिम्रा बा घुर्क्याउने बा हैनन्
तिम्री आमा सारीमा लुटुपुटु गर्ने आमा हैनन्
तर बा लाई घुर्क्याउने आमाको काखमा लडीबुडी गर्ने स्थिति तिमीले बनाउने हो !!!
आफ्नो चञ्चलता माइतको रहनसहन तिमीले बुझाउने हो !
सक्छौ तिमीले ? गर्छ्यौ तिमीले ? गर्दिनौ भने गर ! सक्दिनौ भने सक !

तिमी अब छोरी हैनौ !
तिमी अब घरकी माया हैनौ !
तिमी अब बा कि प्यारी हैनौ !
तिमी अब आमाकी ब्याङ्री हैनौ !
तिमी अब घरको बा को इज्जत हौ !
तिमी अब आमाको सुन्दरता हौ !
तिमी अब समाजको ऐना हौ ! जसले तिमीलाई हेरेर भविष्यका अरू बुहारीका चित्र कोर्न सकुन् ।
तिमीलाई हेरेर छोरोको निमित्त घरकी इज्जत भित्राउन सकुन् ।
तिमीलाई हेरेर समाजको ऐना स्थापित गर्न सकुन् ।

जब तिमीलाई गाह्रो हुन्छ
जब तिमीलाई अप्ठेरो हुन्छ
जब तिमीलाई सङ्कट आइपर्छ
साथ दिने म हो, स्वीकार्ने म हो, संसार त म हैन तर देखाउने म हो !

अहं म हैन, हामी हौँ,
संसार हामी हौँ, स्वीकार्ने हामी हौँ,
तिमी एक्लै ले लड्ने हैन हामीले लड्ने हो,
म एक्लैले सङ्घर्ष गर्ने हैन हामीले गर्ने हो !
मलाई साथ दिने तिमी हौ, तिमीलाई साथ दिने म हो !

तिमी हौ, म हुँ !
घर हो, परिवार हो, समाज हो !
” हामी”हौँ !!!

Tags :
प्रतिक्रिया दिनुहोस