बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाँकेमा ४७ जनामा कोरोना संक्रमण पुष्टि


५ जेष्ठ २०७७, सोमबार


काठमाडौं । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनामा कोरोना पुष्टि भएको हो । नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित सो नगरपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको कोरोना संक्रमणबाट निधन भएको थियो ।

भारतको महाराष्ट्र मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सो गाउँपालिका वडा नं ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवाको बिहान दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको हो । शनिबार नै कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि आइतबार अपराह्न आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारेन्टाइनमै राखिएको थियो ।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म २ जनाको मृत्यु भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस