नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई अभद्र व्यवहारको मुद्दा चल्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नागढुंगामा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई अभद्र व्यवहारको मुद्दा चल्ने


५ जेष्ठ २०७७, सोमबार


काठमाडौँ । कथित स्वयंसेवी भनिने उत्तम कार्कीबाट दुर्व्यहारमा परेको डा. नारायण कार्कीले काठमाडौँ प्रहरीमा किटानी जाहेरी दिएका छन् । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक समेत रहेका कार्कीले उत्तम कार्कीविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

शुक्रबार बिहान कार्कीसहतिका व्यक्तिले नागढुंगा नाकामा डिउटीमा खटिएका चिकित्सकलाई दुर्व्यवहार गरेका थिए । उनले जनताको तर्फबाट भन्दै सुरक्षाकर्मीकै अगाडी बिच सडकमा सरकारी गाडी रोकेर खानतलासी गरेका थिए । जसको चौतर्फि आलोचना भएको थियो ।

व्यापक जनदबाबपछि प्रहरीले आइतबार कार्कीलाई पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस