मन्त्रिपरिषद् बैठक बस्दै, १० दिन लम्बिन सक्छ लकडाउन « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

मन्त्रिपरिषद् बैठक बस्दै, १० दिन लम्बिन सक्छ लकडाउन


४ जेष्ठ २०७७, आइतबार


काठमाडौँ । मन्त्रिपरिषद् बैठक अपराह्न ५ बजे बस्दै छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको पछिल्लो अवस्था र लकडाउन थप्ने विषयमा छलफल तथा निर्णय हुन सक्ने बालुवाटार स्रोतले जनाएको छ ।

पछिल्लो पटक थपिएको लकडाउनको समय भोलि ५ गते सोमबार रातिदेखि सकिने भएकाले अब कसरी अघि बढ्ने भन्नेबारेमा आजै निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

त्यसअघि कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक पनि बस्दै छ । यद्यपि केही दिन अघि बसेको स्वास्थ्य विज्ञसहितको छलफलका क्रममा नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले लकडाउनलाई थप्न नै उचित हुने सुझाएका थिए ।

दिउँसो सिंहदरवारमा बस्ने समितिको बैठकले लकडाउनका बारेमा सरकारलाई सिफारिस गरेसँगै मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

हिजै मात्र कोरोना भाइरसका कारण एक जनाको मृत्युसमेत भइसकेको र उपत्यका लगायत विभिन्न क्षेत्रमा बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दा कम्तीमा पनि १० दिन लकडाउन थपिन सक्ने समितिका एक सदस्यले प्रशासनलाई बताए ।

आजको बैठकमा रिक्त एक जना सचिव बढुवालगायत केही सरुवासमेत हुन सक्ने स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस